बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर युवकको मृत्यु


धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर रानाको मृत्यु भएको जनाइएको छ।