Ad Image

रोहिणी गाउँपालिकाका अध्यक्ष यादवको गाडीमा अज्ञात व्यक्तिद्वारा तोडफोड

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739510586.jpg

रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ ।

 

अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।


उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ ।

 

रोहिणी३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो ।