जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


दोलखा । भीमेश्वर नगरपालिका–३ बस्ने विजय लामाको लामा भान्सा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका५ बस्ने ३४ वर्षीय सागर थापा समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।