Ad Image

भिक्षुसङ्घलाई सामूहिक सङ्घदान

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739616208.jpg

काठमाडौँ । स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो ।


समाजद्वारा आयोजित यो चौथो सङ्घदान  हो ।  यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो ।


सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए ।