ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान


ताइपेइ । ताइवानले उसको टापु नजिकै २४ चिनियाँ सैन्य विमान आएको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु आएको हो । क्यानाडाको युद्धपोतसमेत रहेको संवेदनशील ताइवान स्ट्रेटको टापु नजिकैबाटै २४ चिनियाँ सैन्य विमान उडेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
ती चिनियाँ विमानहरूमा लडाकू जेट र ड्रोनहरू पनि समावेश थिए । आइतवार ताइवान वरपर सैन्य जहाजहरूसँग संयुक्त युद्ध अभ्यासको तयारी गस्ती गरिरहेको देखिएको मन्त्रालयको दावी छ । ‘चीनको सेनाले ताइवान स्ट्रेटबाट पारगमन गर्ने क्यानाडाली फ्रिगेटलाई रेडियो गरेको थियो र उसलाई मार्ग परिवर्तन गर्न चेतावनी दिएको थियो,’ ताइवान मिडियाले रिपोर्ट गरेका छन ।
ह्यालिफ्याक्स– क्लास फ्रिगेट (एचएमसीएस) ओटावा यस वर्ष जलमार्ग ट्रान्जिट गर्ने पहिलो क्यानाडेली नौ सेनाको जहाज थियो । ताइवानको विदेश मन्त्रालयका अनुसार यसको ट्रान्जिटमा दुइ अमेरिकाका जहाजहरू, एक नौ सेनाको विनाशक जहाज र अर्को एक सर्वेक्षण जहाजले पास गरे पछि चीनियाँ सैन्य बिमान यस आसपास क्षेत्रमा आएका हुन् ।
अमेरिका र यसका सहयोगीहरूले नियमित रूपमा १८० किलोमिटर ताइवान स्ट्रेट पार गर्दै अन्तर्राष्ट्रिय जलमार्गको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्न खोजेपछि चीन रिसाएको छ । अमेरिकी विनाशक र महासागर सर्वेक्षण जहाज सोमबारदेखि सुरु भएको जल क्षेत्र पार गरेको जनाइएको छ । ताइवान रक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार बिहान ६ बजे देखी ४८ घण्टा भित्रमा ६२ चिनियाँ सैन्य विमान यस टापु नजिकै आएको छ ।
ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इसिबाले एकपक्षीय रूपमा ताइवान स्ट्रेटमो बल वा जबरजस्ती स्थितिलाई परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गरेको बताएपछि यी बिमान देखिएको जनाइएको छ ।