Ad Image

प्रेस चौतरी नेपालको महाधिवेशन चैत १० देखि सुरु हुने गरी सर्‍यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740725887.jpg

काठमाडौँ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।


उनका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो । उनले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा सम्पन्न गर्ने बताए ।