Ad Image

नेमकिपाको ८ औँ महाधिवेशन भक्तपुरमा आजदेखि सुरु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740726927.jpg

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ८ औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ः ३० बजे भक्तपुरस्थित सल्लाघारीको खुला चौरमा हुने सचिव प्रेम सुवालले जानकारी दिए ।


सुवालका अनुसार ४० जिल्लाबाट चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अहिले जिल्लाका विभिन्न स्थानबाट जुलुस उद्घाटन स्थलमा जाने तयारी भइरहेको उनले बताए ।


सुवालले अन्य वामपन्थी दलहरू सत्ताले भ्रष्टीकरण भइसकेको र कम्युनिस्टका नाममा कलंकित भएकाले महाधिवेशनमा अतिथिको रूपमा नबोलाइएको स्पष्ट पारे ।