Ad Image

ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएपछि खनिज सम्झौता असफल

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740798579.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भनाभन भएपछि वार्ता असफल भएको छ । ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्तामा चर्काचर्की भएको थियो । सो क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाए । भनाभनको स्थिति बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

 

योसँगै अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए ।  भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए ।

 

भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनको समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेको बताएका थिए । भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् ।  अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै ट्रम्प र  जेलेन्स्कीबीचको भनाभनबारे चर्चा भएको छ।