Ad Image

कटारी गोल्डकपः उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740801440.jpg

कटारी । यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।  यहाँको टाईगर फिल्डमा आज अपरान्ह हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् । 

 

गत बिहीबार भएको  सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो । 

 

उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित रु तीन लाख तथा उपविजेतालाई रु एक लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको  एकसहित आठ टोलीले भाग लिएका थिए ।