Ad Image

महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा लगाए ताला

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740911144.jpg

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको झ्वाँकमा महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाइदिएका छन् । 

 

प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका छन् ।


९ माघमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेर बरिष्ठताको आधारमा भन्दै लेखा अधिकृत रामसागर यादवलाई निमित्तकै जिम्मेवारी दिएको थियो।


गत ४ फागुनमो उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ  । तर उनी हाजिर हुन पुगिसकेका छैनन् ।


निमित्तको आन्तरिक राजनीतिमा असन्तुष्ट मेयरले नयाँ प्रमुख प्रशासकीय  अधिकृत नआएका कारण जनताका काममा समस्या भएको भन्दै आफैँले ताला लगाएका हुन् ।