Ad Image

संसदमा ट्रम्पको विरोध गर्ने डेमोक्रेटका सांसदलाई बाहिर निकालियो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741149223.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्र्याटहरूबीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना गरिरहेका बेला डेमोक्र्याट सदस्यहरूले अवरोध गरेका थिए ।

 

आफ्नो भाषण सुरु गरेको केही समयपछि ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए । ग्रिनलाई सदनबाट बाहिर निकालिएको थियो । यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखेका थिए ।

 

यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्र्याटिक सदस्यहरूले विभिन्न नारा लेखिएका आफ्नो टीशर्ट र ब्लेजर देखाएका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्केका थिए । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेका थिए ।

 

उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए । ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए ।