पृथ्वीनारायणका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिदैनौं : गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने वैशाखमा सकाउने योजना सफल नहुने भन्दै पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।
बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर इतिहास रचेको तर ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले इतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्– पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुँदैन । पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिँदैन । उनले नेपाल बनाएर इतिहास रचे। यिनलाई जनताको हक खोसेको हुनाले इतिहासले बिदा दियो। साईत हेर्न पर्दैन । पारश शाहलाई बिना पूर्वाग्रह स्वास्थ्य लाभको कामना गर्दछु।