Ad Image

युगाण्डासँग नेपालको लज्जास्पद हार

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741875521.jpg

काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार व्यहोरेको छ । आज नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार व्यहोरेको हो । युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १७।१ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनाउन सक्यो । 

 

नेपालका लागि कविता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । ​​​​​​​युगाण्डाका लागि रिताह मुसमालीले सर्वाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

 

यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार व्यहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्नेछ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुनेछ ।