Ad Image

नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742187377.png

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने ३१ औं आईजी नियुक्त गर्दैछ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् । उनीहरु तीनै जना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।
 

यसैबिच नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितका उच्च अधिकृत आजदेखि अनिवार्य अवकाश पाउँदै छन् । एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाइ हुनेछन् । डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख भोलाबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदाइ हुँदैछन् । प्रहरी प्रधान कार्यालयले आईजी कुवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए ।