Ad Image

उत्तरी म्यासेडोनियाको नाइट क्लबमा आगलागी, १५ जना पक्राउ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742198444.jpg

म्यासेडोनिया । उत्तरी म्यासेडोनियामा एउटा नाइक्बलमा आगलागीको घटनामा प्रहरीहरूले १५ जनालाई पक्राउ गरेका छन् । आइतबार बिहान स्थानीय समयअनुसार २ः३० बजे कोकानीमा रहेको पल्स क्लबमा आगलागी भएको थियो । चर्चित स्थानीय हिपहिप ब्यान्ड डीएनकेको कन्सर्टका लागि क्लबमा ५ सय जना जम्मा भएको समयमा उक्त आगलागी भएको हो । यस घटनामा ब्यान्डका एक जना मात्रै जीवित भएको बताइएको छ ।


उनको अस्पतालमा उपचार भइरहेको छ । ५९ जनाको मृत्यु भएको सो घटनामा १५५ जना घाइते भएका थिए । पक्राउ पर्नेहरूसँग प्रहरीले पुछताज गरिरहेको आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभ्स्कीले भनेका छन् । आगलागी घुस र भ्रष्टाचारसँग जोडिएको हुन सक्ने आशङ्का रहेको उनले बताएका छन् । नाइट क्लबसँग क्लब चलाउने वैधानिक लाइसेन्स नभएको उनले बताएका छन् ।