Ad Image

एएसी ब्लक्स किन इँट्टाको विकल्प हो भन्ने जान्न चाहनुहुन्छ ?

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742384996.jpg

काठमाडौँ । अटोक्लेभ एरेटेड कंक्रिट (एएसी) ब्लकले चैत ८ गते पहिलो सम्मेलन गर्दैछ । सम्मेलनमा एएसी ब्लकको उपयोगिताबारे सर्वसाधारणदेखि सरोकारवालाहरुलाई जानकारी दिने तयारी गरिएको छ ।

घरलगायत भौतिक संरचना निर्माण गर्न इँटाको विकल्पमा गएको केही वर्षदेखि एएसी ब्लक्स बजारमा फैलिएको छ । गह्रौं इँटाभन्दा धेरै हलुका एएसी ब्लक्स घरलगायत भौतिक संरचना निर्माण गर्न उपयोगी हुने एएसी ब्रिक्स उत्पादक संघले जनाएको छ । संघले आउँदो शुक्रबार सरोकारवाला निकायसँग एएसी ब्लक्सको उपयोगिताबारे जानकारी दिने संघका अध्यक्ष निकोसल पाण्डेले जानकारी दिए ।

 

पाण्डेका अनुसार नेपालमा एएसी ब्लक्स आएको आठ वर्ष भएको छ। पाण्डेले नेपालका सरकारी निकायहरुले पनि एएसी ब्लक्स प्रयोग गरेर कार्यालयहरु निर्माण गरिरहेको जानकारी गराए । अध्यक्ष पाण्डेले एएसी ब्लक्स इँटाको विकल्पका रुपमा सस्तो, हलुका र भूकम्प प्रतिरोधीमा हुने तर्क गरे । संघका उपाध्यक्ष अनिलकुमार थपलियाले एएसी ब्लक्स बनाउन नेपाली उद्योगहरु सक्षम रहेको बताए । उनले सरोकारबाला निकायहरुले यसको प्रयोग गरिदिनुपर्नेमा पनि जोड दिए । 

 

संघले आउँदो शुक्रबार एएसी ब्लक्सको प्रयोग र यसको मूल्यको विषयमा दुषित प्रिन्सेसमा पहिलो एएसी ब्रिक्सको सम्मेलन गर्दैछ । सम्मेलनमा नेपाललगायत भारतबाट आएका विज्ञहरुले एएसी ब्रिक्सको उपयोगिताबारे विस्तृतमा जानकारी दिनेछन् ।