Ad Image

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742387046.jpg

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् ।

 

राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् ।

 

हाल विद्युतकाे मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् ।

 

सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरिरहेको छ आज पनि विद्युत् आपूर्ति हुन सकेको नसकेको जनाए  ।

 

`हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,' उनले भने, 'हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ,´उनले भने,  `अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।'

 

भारतले बिधुत कटौती गरे पछि पुन: मुलुक लोडसेडिङमा जाा लागेको हो