Ad Image

भिसा नियम उल्लंघन गर्नेलाई देशबाट निष्कासित गर्ने अमेरिकी दूतावासको चेतावनी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742389420.jpg

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानून र आप्रवासन नियमहरू पालना नगर्नेहरुको भिसा रद्द गरी देशबाट निष्कासित गर्ने चेतावनी दिएको छ । बुधबार दूतावासले एक सूचना जारी गर्दै भिसा नियम उल्लंघन गरेमा अमेरिकाबाट निष्कासन गर्ने बताएको हो । 

‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं, दूतावासले भनेको छ, र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ ।