Ad Image

भारतको गोरखपुरबाट नेपाल घुम्न आएका एक जना कालीगण्डकी नदीमा बेपत्ता

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742393791.jpg

काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।


पाल्पाको  बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।


उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको मल्लले जानकारी दिए ।नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको मल्ले जानकारी दिए ।