Ad Image

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742450133.jpg

काठमाडौँ । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।


चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।