रवीन्द्र मिश्र र धवलशमशेरमाथि राज्यविरूद्धको अपराधमा मुद्दा


काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो।
त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपद्रो र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए । शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो । मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ। अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन्।