रवीन्द्र र धवलमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ ।
ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको छ । प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।