गणतन्त्रको पक्षमा एमालेले आज देशभर मोटरसाइकल र्याली गर्दै


काठमाडौं । नेकपा एमालेले आज देशभर जागरण सभा र मोटरसाइकल र्याली गर्ने भएको छ । गणतन्त्रको पक्षमा काठमाडौं उपत्यकासहित सबै जिल्लाका सदरमुकाम र प्रमुख शहरमा जागरण सभा र मोटरसाइकल र्याली गर्ने एमालेले जनाएको छ । काठमाडौं उपत्यकामा अपरान्ह ४ बजे तीनकुनेबाट संयुक्त रूपमा मोटरसाइकल र्यालीको आयोजना हुने एमाले महासचिव शंकर पोखेरले जानकारी दिए ।
कार्यक्रमबारे जानकारी दिँदै उनले सामाजिक सन्जालमा लेखेका छन्– आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा गणतन्त्रका पक्षमा जागरण सभा/मोटरसाईकल र्यालीको आयोजना गरिएको छ । काठमाडौं उपत्यकाको हकमा संयुक्त रुपमा मोटरसाईकल र्यालीको आयोजना गरिएको छ । आ–आफ्नो अनुकूल ठाउँमा सहभागी बनौँ । काठमाडौं उपत्यकाको हकमा बेलुका ४ बजे तिनकुनेमा मोटरसाइकलसहित सहभागी बनौँ । प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौं ।