Ad Image

बेंसीसहर नगरपालिका ९ का वडाध्यक्षसहित तीन जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743398227.jpg

लमजुङ। बेंसीसहर नगरपालिका ९ का वडाध्यक्ष खुशीजङ गुरुङसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले वडाध्यक्ष गुरुङ, बेंसीसहर–८ का विशाल अधिकारी र मोहन तामाङलाई पक्राउ गरेको हो।

 

उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको र उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए।

 

अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि फरार भएका तीनै जना आइतबार स्वयम् प्रहरी कार्यालय पुगेका थिए। उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।