Ad Image

राप्रपालाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741536728.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ भएको प्रदर्शनको क्रममा सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट आइतबार विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा वातावरण प्रदूषण गरेको उल्लेख छ । 

पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिवाना तोकिएको उल्लेख छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् । यसअघि गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको थियो ।