प्रधानमन्त्री कप क्रिकेट आर्मीले दियो बागमतीलाई २६३ रनको लक्ष्य


काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ।
भैरहवाको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रन बनायो।
उसका लागि सन्तोष कार्कीले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान विनोद भण्डारीले अविजित ४७ रनको पारी खेले।
त्यसबाहेक त्रितराज दासले ३६, विवेक यादवले ३०, कुशल मल्लले २६ रन बनाउँदा बागमतीका खेलाडीले ३५ रन अतिरिक्त दिए।
बागमतीका लागि इसान पाण्डे, रिजन ढकाल र प्रतिश जिसीले समान दुई–दुई विकेट लिए ।