माओवादी सरकारमा जाँदैछ भन्ने समाचारको प्रचण्डको सचिवालयले गर्यो खण्डन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी अहिले सरकारमा जाँदैछ भन्ने चर्चामा कुनै सत्यता नभएको बताएको छ । सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदैछ भन्ने चर्चाको खण्डन गर्दै सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।
सचिवालयले भनेको छः
भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर(घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गेरवशाली पार्टी नेकपा माओवादी (केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले माओवादी केन्द्र पनि सरकारमा जाँदैछ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिलकुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौं ।