Ad Image

राप्रपाको युवा संगठनले जलायो प्रचण्डको 'फोटो'

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742045440.jpg

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'फोटो' जलाएको छ । शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको 'फोटो' जलाएका हुन् । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको फोटोमा आगो लगाएका हुन् । 

 

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।  सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएपछि राप्रपा प्रचण्डविरुद्ध आक्रामक भएको छ । यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै कडा प्रतिक्रिया दिएका थिए ।