Ad Image

बागमती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने २ मेट्रिक टन फोहर व्यवस्थापन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742054938.jpg

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बागमती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

 

बागमती सफाइ महाअभियानको ६१८ औं हप्तामा आज शङ्खमूल दोभानस्थित बागमतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बागमती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

 

यही चैत ९ गते शनिबार ६१९ औं हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ । 

 

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ ।  महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मी डा माला खरेलले जानकारी दिइन् ।