Ad Image

पेट्रोलियम पदार्थको मूल्य घट्यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742053608.jpg

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँले घटाएको छ । घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजेल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।