प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता पक्राउ


हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा हिजो उनले प्रचण्डको तस्बिर जलाएका थिए ।