Ad Image

बालीको बिमा गराउन सांसदको माग

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742111980.jpg

काठमाडौँ । सांसद हितराज पाण्डेले गत फागुन २८ र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद्मा जानकारी गराउन माग गरेका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले किसानको बालीको बिमा गराउन माग समेत गरे ।

 

सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गरे । सांसद मनीष झाले वि संं. २०८०  भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उनले माग गरे।