Ad Image

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743489829.jpg

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन ।


नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गरेका हुन्।


मन्त्रिपरिषद्को सोमवारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । संसद्को हिउँदे अधिवेशन गएको माघ १८ गतेदेखि शुरू भएको थियो ।