कुलमान र हितेन्द्रदेवको रिटमाथि सुनुवाइ सकियो, आदेश आजै आउने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ सम्पन्न भएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि सुनुवाइ सुरु भएको थियो । मंगलबार कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए भने बुधबार हितेन्द्रदेवका कानुन व्यवसायी र सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले आफ्नो तर्क प्रस्तुत गरेका थिए ।
तेस्रो दिन बिहीबार, हितेन्द्रदेवका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।
सुनुवाइ सकिएपछि हाल आदेश लेखन कार्य भइरहेको छ, जसको फैसला आजै आउने अपेक्षा गरिएको छ ।