प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध रहे पनि नेपालको तर्फबाट सरकार प्रमुखको यो पहिलो औपचारिक भ्रमण हो । सो क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको उपस्थितिमा ८ बुँदे समझदारी भएको थियो । प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।