राज्य व्यवस्था समितिमा तीनकुने घटनाबारे आज गृहमन्त्रीसँग जवाफ लिइने


काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न तीन समितिको बैठक बस्दैछ । तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बिहान ११ बजे बस्नेछ । आज अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
यस्तै गत चैत १५ गते भएको तीनकुने घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै एजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।