कार्यवाहक प्रधानमन्त्रीले आज आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्ने


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् । सिंहसहितको टोलीले शुक्रबार दिउँसो ३ बजे शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्ने भएको हो ।
बिहीबार कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षसँग छलफल भएको थियो । उक्त छलफलपछि सरकारी टोलीले महासंघलाई शुक्रबार दिउँसो ३ बजे छलफलका लागि बोलाएको हो । आजको छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागि हुने बताइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । आन्दोलनरत शिक्षकहरुलाई सरकारले यस अघि पनि पटक पटक सहमित गर्दै फर्काउँदै आएको थियो । तर यस पटक भने ऐन लिएर मात्र फर्किने शिक्षकहरुले अडान गरिरहेका बेला कार्यवाहक प्रधानमन्त्री सिंहले छलफलमा बोलाएका छन् ।