Ad Image

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743751186.jpg

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार (आज) सुन प्रतितोला तीन हजार नौ सय रुपैयाँले घटेको हो ।

 

आज सुन प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।


 

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।