Ad Image

रवि लामिछानेलाई आज विमानमार्फत भैरहवा लगिंदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743819852.jpg

काठमाडौं ।  शुक्रबार साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ ।  प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लैजान लागेको हो ।  शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।  हाल रविलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।