Ad Image

जेलेन्स्कीको गृह नगरमा वर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743821072.jpg

किभ । मध्य युक्रेनी शहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबार आक्रमण भएको हो ।

 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोबाट यो घातक हमला भएको हो । ​​​​​​​स्थानीयका अनुसार सो हमला पछि आवासीय घरहरूमा क्षति पुर्‍याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।

 

युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तीमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चा सहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’ रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।