रविलाई विमानस्थल लगियो, ९ बजेको फ्लाइटबाट रुपेन्देही लगिंदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याइएको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश लगत्तै पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि विमानस्थल लगिएको हो । उनलाई ९ बजेको फ्लाइटबाट रूपन्देही लगिंदैछ ।
रातभर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै विमानस्थल लगिएको हो । यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।