चैत २६ गते भृकुटीमण्डपमा राप्रपाको आमसभा नहुने, प्रशासनले दिएन अनुमति


काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो ।
भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मा प्रशासनलाई इमेल पठाएको थियो । सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको पत्रमा भनिएको छ ।
