रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराउँदै छ । सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरले शुक्रबार थुनामा पठाउने आदेश गरेसँगै रवि पक्राउ परेका थिए ।
उनलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर जिल्ला अदालतबाट रिहा भएका थिए ।