Ad Image

जापानमा बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खस्यो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744000544.jpg

काठमाडौं । जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार ६ मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३ जनाको जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो ।

 

पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो । तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।

 

कोस्ट गार्डका एक अधिकारीले भने कि तीनै जना गम्भीर चिसोमा थिए र तिनीहरूको शरीरको तापक्रम अत्याधिक रूपमा कम भएको थियो तर सचेत अवस्थामा थिए ।दुर्घटनापछि जापानको एयर सेल्फ डिफेन्स फोर्सको हेलिकप्टरले मेडिकल डाक्टर केई अराकावा (३४), बिरामी मित्सुकी मोतोशी (८६) र उनीहरुको हेरचाह गर्ने काजुयोशी मोतोशी (६८) को शव निकालेको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।