ए डिभिजन लिग बैशाख २० बाट सुरु


काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वैशाखमा ए डिभिजन क्लबहरू सहभागी लिग कम नकआउट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच एएफसी क्लब प्रतियोगिता २०२५/२६ सिजनको बारेमा छलफल भएको थियो ।
छलफलमा एन्फा महासचिव किरण राईले २०८२ वैशाख २० गतेबाट सो फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/२६ मा भाग लिन पाउने प्रस्ताव गरेका थिए ।
यो सिजन सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेको एन्फाले लिग कम नकआउट प्रतियोगिता गर्न लागेको हो । अघिल्लो सिजन लिग विजेता टोली चर्च ब्वाइजले एएफसी क्लब प्रतियोगितामा भाग लिएको थियो।
एन्फा सिइओ इन्द्रमान तुलाधरले प्रतियोगिताको अन्य विषयका बारेमा प्रष्ट पारे ।