Ad Image

त्रिभुवन विमानस्थलबाट ८ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744030464.jpg

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीले आठ किलो ८५५ ग्राम गाँजासहित आइतबार भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नीलाई पक्राउ गरेको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका सन्दीपलाई अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा गाँजा फेला परेपछि पक्राउ गरेको जानकारी दिएका छन् ।


पक्राउ परेका सोमबार सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।