मेयर बालेन शाहले राप्रपालाई कार्यक्रम स्थल सरसफाइ गरेकोमा दिए धन्यवाद


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् ।
आज राप्रपाले बल्खुमा आयोजना गरेको सभापछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले कार्यक्रम सकिएपछि सडक सफा गरेका थिए । कार्यक्रम स्थलको सरसफाइ गरेपछि महानगरका मेयर साहले राप्रपालाई धन्यवाद दिएका हुन् ।
उनले स्वयमसेवकहरुले सफाई गर्दै गरेको तस्बिर सेयर गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै कसैले फोहोर गर्लान् र जरीवाना तिराउँला भनेर महानगर बसेको नहुने बताएका छन् ।
बालेनले लेखेका छन्,‘ कसैले फोहोर गर्छन् र जरिवाना तिराउँला भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’