चारदेशीय टी–२० आई सिरिज : कतारसँग नेपाल ८ विकेटले विजयी


काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए । यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने छ ।