मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार ५ महिनापछि पक्राउ


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी ५ महिनापछि पक्राउ परेका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ढकाललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
जिल्ला अदालत काठमाडौंले गत मंसिर ५ गते ढकाललाई ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो ।