नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा ७१ वर्षीय वृद्ध पक्राउ


काठमाडौँ । मानसिक रूपमा अशक्त नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा इलामबाट एक व्यक्ति पक्राउ परेका छन् ।
इलाम जिल्लाको चुलाचुली गाउँपालिका–२, खत्रीचोक बस्ने ७१ वर्षीय जयबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई पेल्टीमारीका लागि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत इलाममा बुझाएको थियो । अदालतले उनलाई सात दिनको म्याद थप गरेको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय इलाममार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।